Logo

अर्थ

एभरेष्ट बैंकको नाफा २ अर्बमाथि, वितरणयोग्य मुनाफा कति?



काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा २.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ र्ब ७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकले चालु आवको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी पनि ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा खुद शुल्क तथा कमिशन आम्दानी पनि ७६ करोड ५० लाख रुपैयाँबाट वृद्धि भएर ९२ करोड ९ लाख पुगेको छ ।

बैंकले वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले बढाएर ३ अर्ब ३४ करोड पुर्याएको छ । यस्तै बैंकका लाभांश क्षमता पनि ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशत पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज बढेको छ । अघिल्लो आवमा ३४ करोड ९५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ५६ करोड २७ लाख पुगेको छ । बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत र रिर्टन अन इक्विटी(आरओई)१३.१९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)३०.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ, पीई रेसियो २१.३९ गुणा र तरलता अनुपात ३२.५७ प्रतिशत कायम भएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १०:५१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।