काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार बुधबार राति करिब १ बजे सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड गरेको बोलेरो पिकअप गाडी ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब…