काठमाडौं । हाल देशमा विकसित राजनीतिक परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ । जेनजी पुस्ताले गर्ने भनिएको प्रदर्शन र त्यसबाट शान्ति–सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावप्रति आयोगले चिन्ता व्यक्त गरेको छ । साथै, हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र सामाजिक सद्भाव खल्बलिने क्रियाकलापप्रति पनि आयोगले चेतावनी दिएको…