काठमाडाैं । नेपाल र भारतबीच ४०० केभी क्षमताका दुइटा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच मंगलबार साँझ लम्की–बरेली र इनरूवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापना गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा प्राधिकरणका निर्देशक कमल आचार्य र…