काठमाडौं । सान्भी इनर्जीले भोलि वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयहरूले प्रतिकित्ता १०० रुपैयाँको दरमा न्यूनतम १० कित्तादेखि…