काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८३, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७०, हर्न निषेधमा २५, लेन क्रसमा २४, अवस्था ठिक नभएको…