ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटको हरियालीबिच अवस्थित अण्डाकार आकृतिको यो पोखरी यस क्षेत्रको प्रमुख पर्यटकीय सम्पदामध्ये एक हो । ताप्लेजुङ हिमाल, पहाड, धार्मिक र साहसिक गन्तव्यका लागि चिनिएको जिल्ला हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, धार्मिक आस्थाको प्रतीक पाथीभरा, बुकी फुलले भरिएका…