काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीलाई काठमाडौंको डिल्ली बजारमा रहेको सिद्धि पोली प्याथ ल्याब प्रालीद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे…