काठमाडाैं । ज्योति विकास बैंक र निओ मनी ट्रान्सफरबीच सम्झौता भएको छ । ग्राहकलाई प्रभावकारी रेमिट्यान्स सुविधा प्रदान गर्न सम्झौता गरिएको बताइएको छ । यस सम्झौताअन्तर्गत विदेशबाट निओमार्फत पठाइएको रेमिट्यान्स ग्राहकले ज्योति विकासका नेपालभरिकै विभिन्न शाखामार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवा सुनिश्चित गर्ने बताइएको…