काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको 'एकल अन्जान साँझ'गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज दर्जनौ साहित्यकार, दर्शक, श्रोता तथा मिडियाकर्मीहरुको बिचमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पत्रकारीता तथा लेखनक्षेत्रका प्रबुद्ध व्यक्तित्व तारा बरालको बिशेष उपस्थिति रहेको थियो । कवि प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा…