Logo

अर्थ

सन नेपाल लाइफद्धारा प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ्ग म्यानेजरहरुसहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई एक समारोह आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

सिइओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहानालाई सम्वोधन गर्न आपतमा राहात दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आवद्ध सम्पूर्ण अभिकर्ताहरुलाई दृढ विश्वासका साथ थप शसक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधै एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रुपमा मेहनत गर्दा यहि पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए ।

चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्रिकलाको विषयमा उत्पे्ररणामूलक प्रशिक्षण प्रदान गरेका थिए ।

चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल, चिफ मार्केटिङ्ग अफिसर चौलागाई, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रवन्धक, कर्मचारी लगाएत २०० भन्दा बढी मार्केटिङ्ग म्यानेजरको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार ११:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।