Logo

अर्थ

चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साउन–कात्तिकको अवधिमा ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कअनुसार आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई प्राप्त भएको हो । चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ ।

यही अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ । सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार ११:०७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।