काठमाडौं । मंसिर महिनाको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ । आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय १० रुपैयाँ कायम रहेको थियो ।




















प्रतिक्रिया