काठमाडौं । पत्रकार किशोर श्रेष्ठले प्रहरीले आफूलाई पूर्वाग्रहपूर्ण ढंगले झूटो मुद्दामा फसाएर हिरासतमा मानसिक यातना दिन खोजेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशसमक्ष गुनासो गरेका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको इजलासमै उपस्थित भएर आफ्नो भनाइ राख्ने क्रममा श्रेष्ठले आफूलाई लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्तहरूसँगै राखिएको दाबी गरे । उनले पाँच दिनदेखि राति सुत्न नसकेको र परिवार तथा…