काठमाडौं । नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले नीतिगत प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन् । उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनका अनुसार सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा आवश्यक…