काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। प्रहरीका अनुसार विभिन्न स्थानबाट पक्राउ परेका प्रतिवादीलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दाका रहेका छन् भने चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण, लुटपाट, कुटपिटलगायत विभिन्न मुद्दाका फरार अभियुक्त पनि समेटिएका छन्।…