काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरेबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र आइओटी उपकरणहरूको मर्मत, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा उपलब्ध गराइनेछ। सर्भिस सेन्टरमा शाओमीका जेनुइन स्पेयर पार्ट्स प्रयोग गरिने कम्पनीले…