काठमाडौं । नेपाल बार एशोसिएसनले न्याय परिषद्ले गरेको सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाएको छ । नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा बार तथा निजी क्षेत्रका कानुन व्यवसायीलाई समेट्न नसकेको भन्दै असन्तुष्टि जनाए । यसअघि परिषद्को बैठकले पोखरा उच्च अदालतका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण…