काठमाडौं । युवा अर्थशास्त्री डा.सुदन वलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । युवा अर्थशास्त्री डा. वलीले कांग्रेसको जारी १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् । पार्टीलाई समयानुकूल, ऊर्जाशील र जनमुखी बनाउन प्रयास गर्ने उल्लेख् गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग तथा समर्थनको अपिलसमेत गरेका छन्।…