काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा राजनीतिक छलफलसँगै नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरू अहिले प्रतिनिधिसँग मत माग्न विभिन्न शैली अपनाइरहेका छन् । महाधिवेशनस्थलमा उम्मेदवारहरू प्रविधिदेखि परम्परागत शैलीसम्मका प्रचार सामग्री प्रयोग गरेर मत मागिरहेका छन् । कोही रोबोटमार्फत मत मागिरहेका छन् भने कोही कार्ड बाँड्दै र समर्थकहरू…