काठमाडौं । व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका छन् । अर्यालले (गण्डकी प्रदेश खुला)कलष्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उक्त पदमा ३ जना निर्वाचित हुने छन् । स्याङ्जा क्षेत्र नं २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै राजनीति र…