नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापालाई नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कालो झण्डा देखाएको छ।गत शनिबार सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत घटनाको निन्दा र नेविसंघको आलोचना गरेको भन्दै थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्वकाे समूहले कालो झण्डा देखाएको हो। सोमबार सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेको…