जेल जीवन भनेको मनसँग जोडिएको विषय हो । जेलमा सुख त हुँदैन । मनले सुख मान्यो भने दुःख पनि हुँदैन । जेलमा बस्दा दुःख मानिनँ । त्यसकारण पछिल्लो समय १३ महिना जेलमा आरामसँग बसेँ । अलिकति ध्यान, योग गरेँ, अलिकति पुस्तक पढेँ । करिब ५०–६० पुस्तक पढेँ हुँला । साहित्य, दर्शन, धार्मिक, इतिहास, जुन उपलब्ध हुन्छन्, ती पुस्तक पढेँ । जेलमै एउटा पुस्तक…