Logo

मनोरञ्जन

रवि लामिछानेसँग बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिताको पद चट हुने संकेत



सञ्चारकर्मी रवि लामिछानेसँग दोस्रो बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयले बर्खास्त गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नै उपस्थित हुने आइतबार बोलाइएको चौमासिक बैठकलाई पौडेलले बेवास्ता गर्दै जिम्मेवारीअनुसार उपस्थिति जनाएकी थिइनन् ।

मन्त्री बास्कोटाले पौडेलसँग कडा स्पष्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका हुन् । चौमासिक समिक्षा बैठकमा बोर्डको प्रगति विवरण प्रस्तुत गर्ने जिम्मेवारी पौडेलको थियो ।

उक्त विषय उठेपछि मन्त्री बास्कोटाले निकिताको उपस्थिति नदेखेपछि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई सोधेका थिए,‘बोर्ड अध्यक्षलाई खबर थिएन ? भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनु पर्ने, हैन भने स्पष्टिकरण सोधेर गोरखापत्रमा जस्तै पदबाट हटाउन पर्यो । अदालत गए जान्छन् । तर सँधै यसरी मनपरी गर्न पाउँदैनन् ।’

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ६ : ३३ बजे