Logo

समाचार

फागुन १७ देखि जनता बैंकको म्याग्नेटिभ स्ट्राइप डेबिट कार्ड नचल्ने



जनता बैंकको म्याग्नेटिभ स्ट्राइप डेबिट कार्ड नचल्ने भएको छ । बैंकले सुरक्षित सेवाको कारण देखाउँदै त्यस्ता कार्ड फागुन १७ गतेदेखि बन्द गर्ने भएको छ । बैंकले उत्कृष्ट र सुरक्षित सेवा प्रदान गर्न चिप प्रविधिमा आधारित चिप कार्ड प्रयोगमा ल्याएको छ ।

यस अघिका म्यानेटिभ स्ट्राइप प्रविधिमा आधारित डेविट कार्डको प्रयोग बन्द गर्दैछ । बैंकले यस्ता कार्ड भएकाहरुले तत्काल परिवर्तन गर्न भनेको छ ।चिप प्रविधिमा आधारित डेबिट कार्ड सहुलियत दरमा लिन बैंकले भनेको छ ।

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाले प्रयोगमा ल्याएका  डेविट, क्रेडिट, प्रिपेड लगायत कार्डलाई २०७२ असोज भित्र प्रतिस्थापन गर्ने भनेको थियो ।

तर, हाल सम्म यो पुर्ण रुपमा प्रतिस्थापन हुन सकेको छैन । चिप प्रविधिमा आधारित कार्डले डुप्लिकेसन र फ्रड नियन्त्रणमा आउने राष्ट्र बैंकले भनेको थियो ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ५ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।