Logo

समाचार

सप्तरीको कंकालिनीमा गाँजा तस्कर र प्रहरीबीच भीडन्त ५० केजी गाँजासहित ३ तस्कर समातिए



भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा गोली हानाहान भएको छ ।

प्रहरी टोलीमाथि लक्षित गर्दै तस्कर समूहले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेको छ । गोली हानाहानपछि ३ जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका तस्करबाट ५० केजी गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाँजासहित भारतको सुपौल घर भएका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालबहादुर राय पक्राउ परेका छन्।

प्रहरीले अहिले तस्करीमा संलग्न अन्यको खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ४ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।