सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । उनका श्रीमान् घाइते भएका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मंगलबार राति करिब १०ः३० बजे परेको चट्याङका कारण उक्त घटना भएको हो । प्रहरीका अनुसार करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो । उनको शरीरमा बाह्य चोटपटक खासै नदेखिए पनि…