डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा। लोचन कार्कीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीबार सबै अस्पतालका पदाधिकारी, डाक्टरका विभिन्न संघसंगठनको भेलापछि संघले सरकारलाई चेतावनी दिएको हो । समायोजनसँग असन्तुष्टि जनाउँदै…