Logo

पत्रपत्रिका

महासचिव पौडेलले भूमाफियामार्फत निवास परिसरमा आठ आना जग्गा किनेपछि भाडभैलो



मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा खरिद गरेको पाइएको छ।

सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनका नाममा ललितानिवास परिसरमा जग्गा छ।

पौडेलको स्वामित्वमा रहेको आठ आनासहित ललितानिवासको ११३ रोपनी तीन अना जग्गा सरकारले रोक्का राखिसकेको छ।आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।