Logo

पत्रपत्रिका

लथालिंग सत्ता–विपक्षी : नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र !



सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो ।भातृ संगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा पार्टी चलायमान हुन सकेको छैन ।

तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लगालिंग हुने केन्द्रीय नेताहरु बताउँछन् । पार्टीभित्र नेतैपिच्छेका गुट र आगामी अधिवेशन लक्षित स्वार्थ हाबी भएकाले तल्लो तहसम्म एकता हुन नसकेको हो ।

कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ । पार्टीभित्र संसद्मा सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेको बेला नेताहरु कलहमै व्यस्त छन् ।  अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०१:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।