काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर डा. निलम ढुङ्गानाको जिम्मेवारी हेरफेर गरेका छन् । गभर्नर अधिकारीले फागुन ११ गते (आज) बाट लागू हुने गरी डेपुटी गभर्नर डा. ढुङ्गानालाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । गभर्नरले यसअघि आफैंसँग रहेको आर्थिक अनुसन्धान विभाग ढुंगानालाई दिएर गभर्नर बैंक…