Logo

अर्थ

दुर्गा प्रसाईंको आरोप- सुनसरीबाट बरामद नक्कली नोटमा एनआईसीको ट्याग, के भन्छ बैंक?



काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुनसरीबाट २८ माघमा बरामद भएको झण्डै २ करोड नेपाली नक्कली नोटमा एनआईसी एसिया बैंकको ट्याग रहेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत उक्त दाबी गरेका हुन्। प्रसाईंले फेसबुकमा लेखेका छन्, ‘सुनसरीबाट करिव २ करोड नक्कली नोट बरामद भयो। जसमा एनआईसीको ट्याग थियो। अब भन्नुस् राज्यले मलाई कारबाही गर्ने कि एनआईसीलाई?’,

भारतीय नम्बर प्लेटको स्करपियोमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट फेला परेको छ।

२८ माघ आइबार सुनसरीबाट प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो। भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट प्रहरीले उक्त नक्कली नोट बरामद गरेको थियो।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो। शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाई ल्याइएको नक्कली नोटहरू बरामद भएको हो।

केही दिनदेखि प्रसाईं एनआईसी बैंकप्रति आक्रमक रूपमा प्रस्तुत भइरहेका छन्। केही दिन पहिलेमात्र उनले सामाजिक सञ्जालमै लेखेका थिए, ‘एनआईसी बैंक डुब्दै, बचत कर्ताले आफ्नो र कम तुरुन्त निकाल्नुहोला। सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला। बेलैमा पोस पुराउनु होला।’

ट्यागको विषयमा एनआईसी बैंकका नायव प्रमु्ख सूचना अधिकारी अर्जुनराज खनियासँग बुझ्दा आफूले प्रसाईंको फेसबुक स्टाटस नहेरेको र उनको कुरामा कुनै सत्यता नभएको बताएका छन्। नक्कली नोट छाप्नेहरूले बैंकको नक्कली ट्याग बनाएको पनि हुन सक्ने भएकाले सत्यता बुझेरमात्र यस्ता कुराको पछि लाग्न आग्रह गरेका छन्। उनले यो समाचारको विषय नै नहुनेसमेत दाबी गरेका छन्।

याे पनि…

सञ्चारकर्मीलाई एनआईसी बैंकको फोन : राम्रो समाचार लेख्दिनु, विज्ञापन दिन्छौं

खुम्चिँदै एनआइसी एशिया : ३० काउण्टर बन्द, १४ अर्बले घट्यो निक्षेप

आत्तिएका बचतकर्ताले पैसा झिक्न थालेपछि एनआइसी एसिया बैंक थप अप्ठेरोमा

खराब कर्जामा डुबेको एनआईसी बैंकको हास्यास्पद जवाफ, भन्छ-‘ऋण असुलीमा हामी उत्कृष्ट छौँ’

संकटग्रस्थ एनआईसी बैंकका ५० शाखा बन्द हुने, सेयर भाउ निरन्तर ओरालो

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार ११:२१   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।