Logo

अर्थ

सञ्चारकर्मीलाई एनआईसी बैंकको फोन : राम्रो समाचार लेख्दिनु, विज्ञापन दिन्छौं



काठमाडौं । एनआईसी एसिया बैंक यतिबेला निकै संकटमा छ । शाखा सञ्जालका हिसाबले ठूलो वाणिज्य बैंकमा पर्ने एनआईसी एसिया निरन्तर ओरालो गतिमा रहेपछि कतिपय शाखा बन्द गर्ने अवस्थामा पुगेको हो।

व्यापार नभएपछि एनआईसी बैंकका शाखाहरू धमाधम बन्द हुन थालेका छन्। काठमाडौं उपत्यकाको प्रत्येक १ किलोमिटर दूरीमा एक शाखा वा एक एटीएमको रणनीति अनुसार सञ्जाल विस्तार गरेको एनआईसी एसियाका लागि अहिले सञ्चालन गर्न धान्न धौं-धौं भइरहेको छ।

नेपाल राष्ट्र बैंकले काखी च्यापेर बैंक र बैंकले गरेका गम्भीर त्रुटिलाई समेत वेवास्ता गर्दै वासलातनै प्रमाणीकरण गरेको राष्ट्र बैंकले एनआईसीलाई मात्र किन फेवर गर्छ ? भन्ने चौतर्फी प्रश्न उठेपछि भने सिइओ रोशन न्यौपानेलाई नसिहत दियो र कारबाही गरेझैं गरियो । तर, उनले गरेको गल्तिका कारण जरिवाना गर्ने र निलम्बन गर्नुपर्ने थियो। तर नाटकीय कारबाही मञ्चन गरेर राष्ट्र बैंक पन्छियो । अहिले राष्ट्र बैंकले बाहिरीरूपमा हात झिकेपछि बैंक थप संकटमा परेको छ।

राष्ट्र बैंकको नियमित अनुगमन चलिरहेकै बेला बैंकले वित्तीय विवरणमा समेत चलाईरहेकाे थियो । बैंकले तोकिएको प्राथमिक पुँजी कोष मिलाउन र लाभांश वितरणको कारबाहीबाट बच्न आवासीय लगानीमा अस्वाभाविक कर्जा वृद्धि गरेर रिपोर्ट सार्वजनिक गरेको पाइएको छ । २०८० असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको ‘वासल–३’ अनुसारको आफ्नो रिपोर्टमा देखाएको थियो । तर ६ महिना नबित्दै बैंकले २०८० पुसमा सार्वजनिक गरेको वासल–३ अनुसारको रिपोर्टमा यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रुपैयाँ पुगेको देखाएको छ ।

आवासीय क्षेत्रमा प्रवाहित कर्जामा जोखिम भार कम राख्न सकिने हुँदा बैंकले यस्तो चलाखी गरेको देखिन्छ । मौद्रिक नीतिको व्यवस्था अनुसार हाल आवासीय घर कर्जाको जोखिम भार ६० प्रतिशत मात्र रहेको छ । व्यावसायिक घरजग्गा, रियल स्टेट, तथा सेयर धितो कर्जामा ५० लाख रुपैयाँसम्म १२५ प्रतिशत जोखिमभारको व्यवस्था छ । सोभन्दा माथिको कर्जामा १५० प्रतिशतकै जोखिमभार कायम गर्नुपर्ने हुन्छ । यसैले पनि बैंकहरु आवासीय कर्जामा बढी केन्द्रित भएको हुनसक्छ ।

तर एनआईसी एसिया बैंकले असारदेखि पुस मसान्तसम्म ६ महिनामा नै आवासीय कर्जामा ७९ अर्ब रूपैयाँले कर्जा वृद्धि भएको देखाएको छ ।

यस विषमा बुझ्दा रास्ट्र बैंकका सुपरिवेक्षण विभागका प्रमुख देव कुमार ढकालले शंका लागेकाले अनुसन्धान भइरहेको जानकारी दिए । तर, उक्त विषयमा अहिले राष्ट्र बैंक पनि बोल्न चाहँदैन।

त्यस लगत्तै बैंकले विभिन्न स्थानका ८६ भन्दा बढी शाखा र विस्तारित काउन्टर बन्द गर्न अनुमति मागेको तथ्य सार्वजनिक भएपछि दुर्गा प्रसाईंले ‘एनआईसी बैंक डुब्न लागेको छ, पैसा निकाल्नुस्’ भनेर सार्वजनिक अभिव्यक्ति दिए। जसले गर्दा बैंकबाट एक दिनमै १२ देखि १४ अर्बसम्म रकम बाहिरिन थालेको छ।

हरेक दिन १४ अर्बसम्म रकम बाहिरिन थालेपछि बैंकलाई ड्यामेज कन्ट्रोल गर्न भ्याई नभयाई छ। बैंकले राष्ट्र बैंक, बैंकर्श एसोसिएसन र सिबिफिन गुहार्नेदेखि एकैदिन ५/७ वटा विज्ञप्ति जारी गर्दै भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरिरहेको छ।

विज्ञप्तिका साथै आफ्ना पक्षमा लेखिएका हरेक समाचार सेयर गर्न र कर्मचारीका सामाजिक सञ्जालका वालमा राख्न सिईओले उर्दी नै जारी गरेको स्रोतले जनाएको छ।

यतिमात्र होइन, बैंकले अहिले आफ्ना पक्षमा समाचार नलेख्ने सञ्चार माध्यमसँग बार्गेनिङ सुरु गरेको छ। बैंकका ब्रान्डिङ्ग विभागका प्रमुख सरोज भट्टराईले ‘हामी अहिले समस्यामा परेका छौं, हामीलाई सहयोग गरिदिनुस्। अब विज्ञापन पनि दिन्छौं’ भन्दै दिनहुँ टेलीफोन गर्ने र पत्रकारसँग भेट्ने गरेका छन्।

यसअघि सञ्चार माध्यमलाई बेवास्ता गर्दै सूचना दिनसम्म आवश्यक नठानेको एनआईसीले बैंक अप्ठ्यारो अवस्थामा पुगेको विषय बाहिर आउन थालेपछि विज्ञापन दिएर सञ्चारमाध्यमको कलम बन्द गराउने प्रयत्न गरिरहेको छ। कतिपय सञ्चारमाध्यमलाई त भट्टराईले ‘एनआईसी बैंकका राम्रा कन्टेन्ट लेखिदिनुस्, हामी पैसा दिन्छौं’ भनेर केही दिनदेखि बार्गेनिङ गरिरहेका छन्।

याे पनि…

खुम्चिँदै एनआइसी एशिया : ३० काउण्टर बन्द, १४ अर्बले घट्यो निक्षेप

आत्तिएका बचतकर्ताले पैसा झिक्न थालेपछि एनआइसी एसिया बैंक थप अप्ठेरोमा

खराब कर्जामा डुबेको एनआईसी बैंकको हास्यास्पद जवाफ, भन्छ-‘ऋण असुलीमा हामी उत्कृष्ट छौँ’

संकटग्रस्थ एनआईसी बैंकका ५० शाखा बन्द हुने, सेयर भाउ निरन्तर ओरालो

प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार  १२ : ३९ बजे

6.183k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।