पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्वका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा वन्यजन्तुको आक्रमणबाट मुलुकभर १५ जनाभन्दा बढीको मृत्यु भएको छ। त्यस्तै ३७ जना सख्त घाइते र २६ जना सामान्य घाइते भएका छन् । वन तथा वातावरण मन्त्रालयले यस अवधिमा वन्यजन्तुबाट भएको सम्पूर्ण क्षतिपूर्तिका लागि झण्डै रु चार करोड राहत वितरण…