Logo

विविध

आगोले जलेर दुई जनाको मृत्यु



तनहुँ,  म्याग्दे गाउँपालिका-४ घुम्ती बस्ने ८६ वर्षीया नरमायाँ थापाको आगोले जलेर शनिबार साँझ मृत्यु भएको छ । भान्सा कोठाको चुलोमा आगो ताप्ने क्रममा आगो सल्किएर उनको मृत्यु भएको बताइएको छ । 

दैलेख, चामुण्डा विन्द्राशैनी नगरपालिका-६ बस्ने धन बहादुर बिकको छोरी १३ वर्षीया उर्मिला बिकको आगोले जलेर शनिबार दिउँसो मृत्यु भएको छ । खरबारिमा आगो लगाई आफैले आगो निभाउने क्रममा जलेर घाइते भएकी उनको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । 

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार १४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।