काठमाडौं महानगरपालिका-३२ जडिबुटी ढुङगेधारा नजिक छाप्रो भाडामा लिई बसेका मोरङ पथरी घर भएका ४५ वर्षीय पशुपति चौहान आफ्नै कोठामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।
ललितुर, गोदावरी नगरपालिका-१० चारघरे झोलुङ्गे पुलस्थित पानीको कुलोमा सोही ठाउँ घर भएकी ४३ वर्षीया धनमाया तामाङ शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
सिरहा, अर्नामा गाउँपालिका-१ बुढियाचापमा सोही ठाउँ बस्ने ५० वर्षीय राजकुमार ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, महाबु गाउँपालिका-४ गैडाबाजमा सोही गाउँपालिका-१ बस्ने ५५ वर्षीय चक्रबहादुर खाँण शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया