काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको चार महिना पुग्दा सरकारको कार्यशैली, निर्णय प्रक्रिया र प्रशासन सञ्चालनको शैलीमाथि प्रश्न उठ्न थालेका छन्। विशेषगरी प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका, कर्मचारी प्रशासनमा हस्तक्षेप तथा सरकारका केही निर्णयलाई लिएर राजनीतिक वृत्त र कर्मचारीतन्त्रमा बहस चर्किएको छ। गत फागुन २१ गतेको निर्वाचनपछि रास्वपाका वरिष्ठ नेता बालेन शाह चैत…