काठमाडौं । सत्तासाझेदार दलबीच नयाँ सहमति भएको छ । फागुन २१ गते भएको आठबुँदे सहमतिलाई परिमार्जन गर्दै सातबुँदे बनाइएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो । सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो…