काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीले विश्वासको मत पाए लगत्तै प्रदेश सरकार हेरफेरमा लाग्ने नयाँ गठबन्धनमा रहेका दलहरुको तयारी छ ।
प्रतिक्रिया