काठमाडौं- बागमती प्रदेश सभाले संसद बैठक बोलाएको छ। बैठक अपराह्न ३ बजे बस्ने छ। प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
११ सदस्यीय समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमति लगायत विषयमा अध्ययन तथा परामर्श गरी बैठकमा प्रतिवेदन पेश गर्न सभाले निर्देशन दिएको थियो।
प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।




















प्रतिक्रिया