Logo

राजनीति

भारतका नीतीश कुमारसँग प्रधानमन्त्री प्रचण्डको तुलना, पल्टुरामको संज्ञा



काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग तुलना गरेका छन् ।

मंगलबार राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा आफ्ना पक्षका उमेदवारको प्रस्ताव प्रस्तुत गर्दै ढुंगानाले प्रधानमन्त्रीका कारण राजनीतिक अस्थिरता अनन्तसम्म जाने चिन्ता व्यक्त गरे । उनले बिहारका मुख्यमन्त्रीको नाम नै ‘पल्टुराम’ राखिएको भन्दै यहाँ प्रधानमन्त्रीले सगर्व उथलपुथल गर्छु भनेको उल्लेख गरे ।

‘हाम्रो छिमेकी राष्ट्र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले नौपटक गठबन्धन अदलबदल गरेछन् । त्यसैले उनलाई त्यहाँ पल्टुराम भनिँदो रहेछ,’ ढुंगानाले भने ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १२:१९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।