Logo

नयाँ मन्त्रीको सपथ शितल निवासमा आजै बेलुकी ५ बजे

काठमाडौं- मन्त्रिपरिषदमा थपिएका मन्त्रीहरूको सपथ आजै बेलुकी ५ बजे हुने भएको छ। नवगठित मन्त्रिपरिषदमा थपिएका मन्त्रीहरुले आजै ५ बजे राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण हुने बताइएको छ। मन्त्रिपरिषदमा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रले ५ र जसपाले २ मन्त्रालय लिने सहमति भएको छ।