काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि आवास निर्माण गर्न तरुण दलको टोली जाजरकोट प्रस्थान गरेको छ । तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तरुण दल केन्द्रीय सदस्यहरू जाजरकोट गएका हुन् । तरुण दल केन्द्रीय कार्यालयबाट आवश्यक निर्माण सामाग्रीहरू राखेर ६० देखि १०० वटा आवास निर्माण गर्ने लक्ष्य सहित टोली जाजरकोट प्रस्थान गरेको हो ।…