Logo

प्रमुख समाचार

एनसेल खरिदबिक्री प्रकरणमा गलत भयो भनेरै छानबिन समिति बनाइएको हो : प्रधानमन्त्री



काठमाडौं । एनसेल खरिदबिक्री प्रक्रियामा गलत भएकै भनेर सरकारले छानबिन समिति गठन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सुझावका आधारमा सरकारले दूरसञ्चार प्रदायक कम्पनीको नियमन तथा सुधारका लागि आवश्यक कदम चाल्ने उनले बताए ।

आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए ।

यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति समेत बनाएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो,’ उनले भने, ‘यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’

एनसेलबारे अध्ययन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १२:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।