Logo

राजनीति

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि तरुण दलको टोली जाजरकोट प्रस्थान



काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि आवास निर्माण गर्न तरुण दलको टोली जाजरकोट प्रस्थान गरेको छ । तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तरुण दल केन्द्रीय सदस्यहरू जाजरकोट गएका हुन् ।

तरुण दल केन्द्रीय कार्यालयबाट आवश्यक निर्माण सामाग्रीहरू राखेर ६० देखि १०० वटा आवास निर्माण गर्ने लक्ष्य सहित टोली जाजरकोट प्रस्थान गरेको हो ।

तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले साइतको पूजा गरी मुख्य सचिव ठान प्रस्ताव पोखरेलले टीका ,माला लगाएर टोलीलाई बिदाइ गरेको बताए । टोलीमा तरुण दलका करिब ३० जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १२:४७   :  बजे

564
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।