काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दूधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी बिग्रिएको दूधवरीबेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार प्राप्त सूचनाका आधारमा प्रहरी…