Logo

प्रमुख समाचार

माओवादीले तीन महिने अभियानका क्रममा संघीय सांसदलाई काठमाडौंमा मात्र खटाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको तीन महिने अभियानका क्रममा संघीय सांसदहरुलाई काठमाडौं उपत्यकामा खटाउने भएको छ । हालै बसेको माओवादी केन्द्रको कार्यालय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई संसद्को बैठक र विषयगत समितिका बैठकहरू प्रभावित नहुने गरी काठमाडौं उपत्यकामा मात्र जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस्तै माओवादीले प्रदेश इञ्चार्जहरूको सिफारिसमा विभिन्न निर्णय पनि गरेको छ । जसअनुसार बागमती प्रदेश इन्चार्जको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर जिल्लामा कार्यक्षेत्र तोकिएको छ । लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य जगप्रसाद शर्मा र नारायण प्रसाद अधिकारीलाई लुम्बिनी प्रदेशकै अनुगमन तथा स्कुल विभागको जिम्मेवारी तोकिएको छ ।

माओवादी केन्द्रको संघीय संसद्‍मा ४५ जनाको प्रतिनिधित्व रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १६:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।