Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय बैठकअघि शेखरले बाेलाए विश्वप्रकाश र प्रदीपसहितको भेला



काठमाडौं । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक अघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको भेला बोलाएका छन् । बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा मंगलबार दिउँसो साढे १ बजे बस्नेगरी बोलाइएको छ ।

शेखरले बैठकमा आफू पक्षीय निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरु सहित पार्टीकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका छन् । कांग्रेसको बैठक असोज ४ मा बस्दैछ । यसअघि साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् ।

इतर पक्षका नेताहरूले शेखरमाथि प्रश्न उठाएपछि अहिले बैठक राखेका हुन् । भेलामा बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने जनाइएको छ ।

केही दिनअघि विश्वप्रकाश–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्वप्रकाश–प्रदीप सहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । सोहीअनुसार बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १७:१६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।