Logo

रास्वपालाई बाबुरामको चेतावनी: संघीयता नै खारेज गर्ने निर्णय गरेको हो भने ठुलो भुल हुनेछ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशसभा खारेज गर्दै संघीयता कमजोर बनाउने निर्णय गरेको भए त्यो गम्भीर राजनीतिक भूल हुने बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनले प्रदेशसभा खारेजसहित संघीय संरचना पुनर्संरचना गर्ने प्रस्ताव पारित गरेपछि प्रतिक्रिया दिँदै भट्टराईले यस्तो निर्णयले दलहरू, विभिन्न समुदाय र जनताबीच विश्वासको संकट निम्त्याउन सक्ने चेतावनी दिएका हुन्।…