काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशसभा खारेज गर्दै संघीयता कमजोर बनाउने निर्णय गरेको भए त्यो गम्भीर राजनीतिक भूल हुने बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनले प्रदेशसभा खारेजसहित संघीय संरचना पुनर्संरचना गर्ने प्रस्ताव पारित गरेपछि प्रतिक्रिया दिँदै भट्टराईले यस्तो निर्णयले दलहरू, विभिन्न समुदाय र जनताबीच विश्वासको संकट निम्त्याउन सक्ने चेतावनी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै तत्कालका लागि सुशासन र विकासमा केन्द्रित हुन रास्वपालाई सुझाव दिएका छन्।
संघीयता कमजोर पार्ने कदमले देशलाई जातीय तथा क्षेत्रीय द्वन्द्वतर्फ धकेल्न सक्ने उनको भनाइ छ।




















प्रतिक्रिया